नायिका निता ढुङ्गानालाई पितृ शोक परेको छ । गत शनिवार उनका बुबा सोमप्रसाद ढुङ्गानाको निधन भएको हो। ८० वर्षको उमेरमा निताका बुबाको निधन भएको हो ।उनका पिताप्रति सिनेमाकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।बाल्यकालमै आमा गुमाएकी निता बुबासँग नजिक थिइन् ।