शुक्रबार, चैत्र २७, २०८२

सूचनामा अटेर गरि माछा मार्नेलाई १० हजारदेखि १ लाखसम्म जरिवाना 


कान्तिपथ


बागलुङ । बागलुङको तारखोला गाउँपालिकाले पालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न रोक लगाएको छ ।

गाउँपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै गाउँपालिका भित्रका  खोला, ताल तलैया तथा जलाधार क्षेत्रमा माछा मार्न रोक लगाएको जानकारी गराएको हो ।

ताराखोलाका खोलाहरूमा पाइने असला, कट्ले,बुदुना जस्ता प्रकारका माछाहरू जिल्लामै ताराखोलाका माछा खानको आन्तरिक पर्यटनको लागि मानिसहरू आउने गर्दछन् । यसको संरक्षण र दिगो उपयोगको सुनिश्चितता गर्दै दिगो विकासमा जलचरको रूपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा दायित्व हो’, सूचनामा भनिएको छ, ‘गाउँपालिकाको जलचर एवं जल जैविक विविधता संरक्षण कार्यविधि,२०८० र गाउँपालिकाको निर्णय अनुसार भदौ २२ देखि कात्तिक १५ गतेसम्म ताराखोलामा माछा मार्न रोक लगाएको छ ।’

माछाको लागि यो समय माछाले फुल पार्ने तथा भुराको वृद्धि विकासको अवधि भएकाले समेत माछा मार्न रोक लगाएको उल्लेख ताराखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले  बताएका छन् । गाउँपालिकाले सूचनाको अटेर गरेर सूचना अवधि भर माछा मारेको पाएमा गाउँपालिकाको जलचर एवं जलीय विविधता संरक्षण कार्यविधि, २०८० को दफा १४ बमोजिम दश हजार देखि १० हजार देखी १ लाखसम्म जरिवाना गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले भनाई छ । गाउँपालिका भित्रबाट बग्ने विभिन्न खोलाहरू दरमखोलामा गएर मिसिन्छ, यस अगाडी नै  गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न निर्मुल गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत