अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
संस्थापन इतरका बहुमत सदस्यहरुले एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। शेर्पा समूहले आज बिहानै मेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पुष्टि गरे।
अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाइएको उनको भनाइ छ। प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ