बुधबार, चैत्र २५, २०८२

बजेट अभावका कारण धनुषा, महोत्तरी र सर्लाही करिब तीन सय घर अलपत्र


कान्तिपथ


जनकपुरधाम । जनता आवास कार्यक्रम अन्तर्गत बन्न बाँकी रहेको घरका लागि गत वर्षदेखि नेपाल सरकारले बजेट विनियोजन नगरेपछि धनुषा, महोत्तरीका र सर्लाहीका २८३ घर अलपत्र परेका छन् ।

मधेश प्रदेशका अति गरिब तथा विपन्नका लागि नेपाल सरकारले सुरक्षित आवास सेवा दिने उद्देश्यका साथ अर्धपक्की घरको निर्माण गर्दै आएकोमा आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन नगरिएपछि गरिब तथा विपन्नका घर अलपत्र भएका हुन् । वर्षाको समयमा निक्कै समस्या भइरहेको पीडित रामु महराले बताउनुभयो ।

यसरी अलपत्र भएका घरहरूमा धनुषाका १ सय ४६, महोत्तरीमा ४३ घर तथा सर्लाही जिल्लामा ९४ वटा घर रहेका छन् ।

संघीय सरकारले शहरी विकास मन्त्रालय मार्फत आर्थिक कारणले घर बनाउन नसकेका तराइका डोम, दुसाध, हलखोर, मुसहर तथा चमार जातिका गरिब तथा विपन्न परिवारको घर निर्माणमा जोड दिँदै यी तीन जिल्लामा २ हजार ९ सय ४३ गरिब परिवारको घर निर्माण गरिदिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत