सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ मा नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र मा पाटी प्रवेश

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ मा नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र मा पाटी प्रवेश


कान्तिपथ


२०८० भाद्र ३१ गते दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ बाट तीन जना नेकपा एमाले सदस्य पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन्।

लामो समय देखि नेकपा एमालेमा विभिन्न जिम्मेवार पदमा रहँदै आएका राजेन्द्र ढुङ्गेल(राजन), विपिन ढुङ्गेल र तोया नाथ ढुङ्गेल गरी तीन जना नेकपा एमाले सदस्यले नेकपा एमाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको र अहिलेको अवस्थामा फटाहा मात्र रहने, भ्रष्टाचारी, ठगहरुको उत्पादन तथा संरक्षन गर्ने गरेको भन्दै एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । तोयानाथ ढुङ्गेल एमाले निकट शिक्षक लीला प्रसाद ढुङ्गेल पिता हुनुहुन्छ ।

उहाँहरूलाई एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य विमल ढुङ्गेलले अबिर तथा खाँदा लगाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्नु भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत