आज बाट बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा RBT सुरु हुदैँछ । यसरी चल्ने बसको अगाडी हाल द्रुत बस सेवा लेखिएको छ र यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ ।
याद राखौँ यी बस चल्ने समयमा भोलीबाट ती लेनमा अरू कुनै पनि सवारी चलाउन पाइने छैन (बस, कार, मोटरसाइकल, ट्रक केही पनि पाइँदैन) । समय अघि वा पछि भने चलाउन पाइन्छ ।
यसरी चल्ने बसहरूलाई एम्बुलेन्स सरहको सुविधा उपलब्ध छ अर्थात् ट्राफिक लाइटमा रोकिनु पर्ने छैन । तर अन्य लेनमा पस्ने अनुमति चाहिँ छैन । स्टप अनुसार पिक अप र ड्रप मात्र हुने भएकोले स्टपमा धेरै बेर र जाममा फस्नुपर्ने छैन ।
देश भरिनै RBT अपरिहार्य छ अझ काठमाडौँ उपत्यकामा त अत्यावश्यक भई सकेको छ त्यसैले ट्रायलको रूपमा सुर हुने बस सेवालाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु । बस चल्ने समयमा लेनमा आफ्नो कार, मोटरसाइकल र अन्य सवारी नलग्नुहोला ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ