नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज (शनिबार) हुँदै छ। काठमाडाैंमा शुक्रबार सुरु क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशनमा पहिलो दिन बन्द सत्र सकिएपछि आज निर्वाचन हुन लागेको हो।
आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११:२० मा हुनेछ। उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिनका लागि बिहान ११:४० को समय तोकिएको छ भने नाम फिर्ताका लागि बिहान ११ : ५५ बजेसम्मको समय छुट्याइएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया सुरु हुनेछ।
क्यानको आगामी चार वर्ष नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास पनि जारी छ। अहिलेसम्मको माहोल हेर्दा अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
चन्दको प्यानलमा पूर्वकप्तान पारस खड्का सचिव पदमा उठ्नेछन्। उपाध्यक्षमा चन्द प्यानलबाट नै रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का उठ्नेछन्।
पारसविरुद्ध सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ। अन्य पदका लागि थुप्रै आंकाक्षी देखिएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ