फिल्म ‘नाङ्गो गाउँ’ को सिक्वेल बन्ने भएको छ । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबिच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको हो ।
‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ भनिएको छ । फिल्ममा ‘नाङ्गो गाउँ’कै स्टारकास्ट दोहोरिनेछ ।