आइतवार, चैत्र २९, २०८२

प्रदेश अधिवेशन चलिरहेछ : सचिव मृत भेटिए


कान्तिपथ


बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन्। बिहीबार साँझ सिमरास्थित आफ्नै निवासमा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पौडेल घरमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। बारामा सहकारी क्षेत्रमा समेत योगदान गरेका पौडेल २०७४ सालमा जितपुर सिमराको मेयरमा निर्वाचित भएका थिए ।

पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए। उनी नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन्। एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको बेला उनी मृत फेला परेपछि धेरैले आश्चर्य मानेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत