२५ असोज, काठमाडौं । होम प्रोडक्सनमा बनेको फिल्म ‘बाबरी’ बक्सअफिसमा असफल भएपछि मुम्बईतिर लागेकी अदितीले यो बीचमा एक हिन्दी गीतको म्यूजिक भिडियोमा अभिनय गरिन् । नायिका अदिती बुढाथोकीको होम प्रोडक्सनको फिल्म ‘बाबरी’ पछि कुनै पनि फिल्ममा अनुबन्धित छैनन् । अहिले अदिती माल्दिभ्समा पुगेर माल्दिभ्सका बिचहरुमा आफ्नो ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् ।
अदितीले आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरेको यो पहिलोपटक भने होइन । फिल्म लाइनमा आउनुअघि उनका धेरै ग्ल्यामर फोटोसुट गराउनुका साथै ती तस्बिर सामाजिक सञ्जालमा पनि राख्दै आएकी छन् । अदितीले नेपाली फिल्म ‘कृ’बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । यसपछि उनले ‘बाबरी’मा काम गरिन् । तर उनले चर्चा भने फिल्मभन्दा बढी ग्ल्यामरबाट नै पाइरहेकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ