सोमवार, मंसिर १८, २०८०

आस्था राउतको ‘लै बरी लै’ सार्वजनिक


कान्तिपथ


घटस्थापनाको अवसर पारेर गायिका तथा मोडल आस्था राउतको नयाँ गीत ‘लै बरि लै’ सार्वजनिक भएको छ । राउतको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैँ मोडलिङ पनि गरेकी छिन् ।

सावित्री राउतको शब्दमा सुरेश अधिकारीले संगीत भरेको गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ । गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शक पाउने विश्वास व्यक्त गरिन् ।

म्युजिक भिडियोको निर्देशन किरण थापाले गरेका हुन् । भिडियोमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ लगायतको उपस्थिति छ ।

‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । उनले दर्जनौँ हिट गीतमा स्वर दिएकी छिन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत