शुक्रबार, चैत्र २७, २०८२

टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै


कान्तिपथ


नेपालले आज मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ।

नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।

नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।

मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन्। सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन्।

मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत