टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो चौथो विकेट गुमाएको छ ।
ओमानको चौथो विकेट सोमपाल कामीले लिएका हुन् । उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए ।
सोमपालले लिएको यो दोस्रो विकेट हो । सोएब आउट हुँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ