प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पुरानै भवनमा फर्काइएको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मुख्य भवन पुन:निर्माण भएपछि मन्त्रिपरिषद्को कार्यालय पहिलेकै ठाउँमा ल्याइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन:निर्माण गरिएको भवनमा बुधबार कार्यालय उद्घाटन गरेका छन्।
बाल्कोनीसहितको फराकिलो ठाउँ भएकाले कामले गति लिने विश्वास पनि व्यक्त गरे। सिंहदरबार करिब १२० वर्ष पुरानो भवन हो। करिब ५१ करोड रुपैयाँमा भवनको पुनःनिर्माण भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ