बुधबार, चैत्र २५, २०८२

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु


कान्तिपथ


काठमाडौं- आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने आवाज उठिरहेको छ ।

त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ ।

यसैबीच, युएनआई नेपाल महिला समितिले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान अन्तर्गतको पहिलो दिन काठमाडौँमा प्रभातफेरि कार्यक्रमको आयोजना गर्‍यो ।

काठमाडौँको भद्रकालीबाट शुरु भएको र्‍यालीमा सहभागीहरुले  घर, परिवार, समाज र कार्यस्थलमा हुने विभेद र लैंगिक हिंसालाई अन्त्य गर्न जागरुक हुन अनुरोध गरेका थिए ।

विभिन्न प्ले कार्ड र व्यानरसहितको र्‍याली रत्नपार्कस्थित  शान्ति बाटिकामा गएर समापन भएको थियो  ।

समापन कार्यक्रममा युएनआई महिला समितिकी अध्यक्ष भगवती खड्का, युनिमीका अध्यक्ष गोविन्द धिताल, व्युटिसिएन संघकी सुक्ष्मा महरा, युएनआई महिला समितिकी सचिव रोजिला कार्की र युएनआईका कोअर्डिनेटर आलोक मल्लले समाजमा रहेका सबैखाले हिंसा र विभेदको अन्त्य गर्न अभियानको अबधिमा मात्र नभई बर्षभरि नै कार्यक्रमहरु गर्नुपर्ने बताउनुभएको थियो ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत