गणतन्त्र विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
प्रहरीमाथि ढुंगामुढा गरेको पाइएपछि प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ।
पक्राउ पर्ने अन्यमा श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना लगायत छन्। प्रसाईं नेतृत्वको नागरिक तथा राष्ट्र बचाउ महाअभियानले मंसिर ७ गतेदेखि काठमाडौँमा गणतन्त्रको विरोधमा प्रदर्शन गर्दै आएको छ।
प्रदर्शनको पहिलो दिन अभियानले बल्खुका प्रदर्शन गरेको थियो। त्यसपछिका दिनमा अभियानले तीनकुने, गौशाला लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ