आज शुक्रबार नेपाली सिनेमा हलमा दुई भारतीय फिल्म प्रदर्शन भएका छन्। रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ र विक्की कौशलको मुख्य भुमिका रहेको फिल्म ‘सामबहादुर’ रिजिज भएका हुन्। नयाँ नेपाली भने आज प्रदर्शन भएका छैनन्।
सन्दीप रेड्डी वांगाको लेखन र निर्देशित एनिमलले नेपाली मल्टिप्लेक्सहरुमा उत्साहजनक शो पाएको छ। साथै फिल्मको धेरैजसो प्रदर्शनअघिनै शोहरु समेत सोल्डआउट भइसकेका छ्न्।
फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ।
सामबहादुर बायोपिक फिल्म हो। विक्की कौशलको मुख्य भूमिका रहेको फिल्म ‘सामबहादुर’ ले भने हलहरुमा औसत सो पाएको छ। यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ।
फिल्मको कथावस्तु सन् १९७१ को भारत–पाकिस्तान युद्धसँग सम्बन्धित छ। जतिखेर साम भारतीय सेना प्रमुख थिए। मेघना गुलजार निर्देशित यस फिल्मको व्यापार माउथ पब्लिसिटीले पनि निर्धारण गर्नेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ