बिहिबार, फाल्गुन २९, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • प्राधिकरणलाई एनसेलको जवाफ: सेयर खरिद-बिक्रीको सम्झौता स्वीकृति लिने चरणमा पुगेको छैन

प्राधिकरणलाई एनसेलको जवाफ: सेयर खरिद-बिक्रीको सम्झौता स्वीकृति लिने चरणमा पुगेको छैन


कान्तिपथ


काठमाडौं-एनसेलको सेयर खरिद विक्री सम्झौता स्वीकृतिको चरणमा प्रवेश नगरेको जवाफ दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिद विक्रीका सम्बन्धमा सोधेको प्रश्नको जवाफमा एनसेलले सेयर खरिद विक्रीको सम्झौतास भएपनि प्रधिकरणसँग सम्झौता लिने चरणमा प्रवेश गरिनसकेको बताएको हो ।

जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको सम्झौता परिपक्क भएपछि  र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको छ ।

एनसेलले पठाएको पत्रमा आजियाटा युके र स्पेक्ट्रलाइट कम्पनीबीच सेयर खरिद-बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख गरेको छ ।

”एनसेल आजिएटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यको पालनामा सदैब जागरुक र कटिवद्ध रहेकोभएको तहाँ प्राधिकरणमा अवगत नै छ। नेपाल दुर संचार प्राधिकरण अनुमति प्राप्त व्यक्तीको सेयर खरिद विक्री विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजातहरु संकलन हुनासाथ तत्काल सो कागजहरु संलग्न गरी दुर संचार नियमावली २०५४ को नियम १५ (क, ट) र नेपाल दुर संचार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद विक्री) विनियामावली २०७६ को विनियम ४ क  बमोजिम त्यहाँ प्राधिकरण समक्ष सेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेश गरिने व्यहोरा अवगत गराउन चाहान्छौँ ।” एनसेलले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ ।

खरिद विक्रीका लागि स्वीकृति लिने सम्वन्धमा कानुनी ब्यवस्था राखिए पनि खरिद विक्रीको सम्झौता गर्दा पूर्व स्वीकृति लिनुपर्ने कानुनी ब्यवस्था भने देखिँदैन । प्राधिकरणबाट सेयर खरिद विक्री स्वीकृति लिँदा खरिद विक्री सम्झौताको कागज पनि सँगै राखेर निवेदन दिनुपर्ने ब्यवस्था छ ।

“खरिद विक्रीको सम्झौता गर्दा नै पूर्व जानकारी गराउनु पर्ने भन्ने बाध्यात्मक ब्यवस्था कानुनमा देखिँदैन । पाँच प्रतिशत भन्दा बढी सेयर खरिद विक्री गर्दा प्राधिकरणको स्वीकृति लिनु पर्ने ब्यवस्था ऐनले गरेको छ । यसरी स्वीकृतिको निवेदन पेश गर्दा सेयर खरिद-विक्रीको सम्झौता पनि सँगै पेश गर्नु पर्छ । हाल एनसेलले दिएको जवाफमा सम्झौता पक्का भएपछि त्यो सँगै राखेर निवेदन दिने जनाएको छ । यो नियममा भएको ब्यवस्था नै हो”- दुरसंचार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले नेपालटिभी अनलाइनलाई भन्नुभयो ।

शेयर खरिद-बिक्री विधि र प्रक्रिया के छ ?

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँचभन्दा बढी प्रतिशत शेयर खरिद-बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) मा शेयरधनीको शेयर खरिद-बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान छ ।

एनसेलले सेयर खरिद विक्री सम्झौता भएको तर सम्झौता पक्का गर्ने चरणमा रहेकाले स्वीकृति लिने चरणमा प्रवेश नगरेको बताएको छ । खरिद विक्रीको सम्झौता गर्दा प्राधिकरणको स्वीकृत लिनु नपर्ने जिकिर एनसेलको छ ।

सेयर खरिद विक्रीको सम्झौता पूर्व प्राधिकरणलाई जानकारी नगराएको एनसेलले कतै अर्को कानुन समातेर खरिद -विक्री अघि बढाएको त होइन भन्ने आशंका पनि सतहमा आएको छ । विदेशी लगानी रहेको एनसेलले सेयर खरिद विक्रीका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा १९ पनि प्रक्रिया अघि बढाउन सक्छ ।

ऐनको उक्त दफाले ‘विदेशी लगानीबाट नेपालमा सिर्जित सम्पत्ति, जायजेथा वा अन्य कुनै प्रकारको वित्तीय उपकरणको नेपाल भित्र वा बाहिर शेयर बिक्री वा हक हस्तान्तरण वा अन्य कुनै प्रकारको स्वामित्व वा निहित स्वामित्वको संरचना परिवर्तन भएमा सम्बन्धित कम्पनीले कारोबार भएको तीस दिनभित्र तत्सम्बन्धी प्रमाण कागजातसहित सोको जानकारी त्यस्तो लगानी गर्न अनुमति दिने निकायमा उपलब्ध गराउनुपर्ने व्यवस्था  गरेको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत