बुधबार, चैत्र २५, २०८२

सिम्रौनगढमा कर्मचारी र प्रहरीवीच झडप हुदाँ थप दुइजना घाइते


कान्तिपथ


बारा- बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीवीच भएको झडपमा थप दुईजना घाईतेको भएका छन्। घाईते हुनेमा सिम्रौनगढ वडा नम्बर ४ का २७ वर्षीय राजेशी सहनी र वडा नम्बर ७ का ३५ वर्षीय रामनिवास राम रहेका छन् ।
६० दिन देखि शान्तिपुर्ण आन्दोलनमा बसेका कर्मचारीले शुरुमै ढुङगा मुढा नगरेको बरु प्रहरीले दमन गरेपछि घटनाले उग्र रूप लिएकाे २ नम्बरका वडा अध्यक्ष अरविन्दकुमार मुखियाले जानकारी दिनुभयाे ।
यसअघि हिजाे भएकाे घटनामा सिम्रौनगढ–१ नामसाग्राघाटका २५ बर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो ।
वडा अध्यक्ष मुखियाले आफु सहित आठजनालाई दिनभर कार्यालयमै नजरबन्द गरी राखेको र राती ११ बजे पक्राउ नेपाली काँग्रेसको दबाब पछि छाडेको बताएका छन ।

नगर प्रमुख कार्यालयमा बसेको र प्रमुख प्रशासकीय अधिकृत ल्याएर बसे पनि वार्ताको कुरा नै नगरेपछि वार्ताकालागि नारा जुलुश भएपछि गाेली चलाएकाे हाे ।

सिम्रौनगढन गरपालिकाका नगर प्रमुख किशोरी साह कलवार र भर्खरै हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले ६० दिन देखि शान्तिपुर्ण आन्दोलनमा बसेका कर्मचारीलाई वार्ताबाट समस्या समाधान गर्न सहजीकरण नगरेपछि घटनाले उग्ररुप लिएको स्थानियको भनाई छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत