शुक्रबार, चैत्र २७, २०८२

माओवादी केन्द्रको सचिवालय बैठक स्थगित


कान्तिपथ


४ पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने छ ।

पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको हो ।

मंगलबारदेखि सुरु भएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा माओवादीले जारी ‘जनतासँग माओवादी अभियान’ को समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन, विधान सम्मेलन, नेपाल समाजवादी पार्टीसँगको एकता र केन्द्रिय समिति बैठकका विषयमा छलफल गरिरहेको छ ।

मंगलबार १० वटै प्रदेश कमिटीका इन्चार्जहरू रिपोर्टीङ राख्ने काम सकिएको र त्यस विषयमा बिहीबारको बैठकले छलफल गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत