बुधबार, चैत्र २५, २०८२

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने


कान्तिपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुने भएको छ । उहाँले मङ्गलबार बेलुकी ५:०० बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।

कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको हो । उहाँले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री गत वर्ष पुस १० गते नियुक्त भई पुस ११ गते शपथ लिनुभएको थियो ।प्रधानमन्त्रीको सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत