सोमवार, चैत्र २३, २०८२

ओभर स्पिड रोक्न स्मार्ट क्यामेरा


कान्तिपथ


काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा जडान गरेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) क्यामेरा । यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ ।

ट्राफिक नियम पालना नगरेको अवस्थामा साक्षीले सत्य नबोल्ने चुनौतीलाई यो प्रविधिले यथार्थ देखाएर अनुसन्धानमा सघाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी निदेशराज मैनालीले बताए ।

ad
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा हाल कोटेश्वरसँगै बालाजु बसपार्क र महाराजगन्जमा पनि यस्तो क्यामेरा जडान गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत