आइतवार, फाल्गुन ४, २०८१

फिल्ममा हर्क साम्पाङको डेब्यु, ‘खजुरे ब्रो’मा अतिथि भूमिकाको दृश्य खिचियो


कान्तिपथ


काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको, धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ ।

फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको जानकारी दिए ।

झण्डै एक मिनेट जतिको दृश्य उनलाई मेयरकै भूमिकामा देख्न सकिन्छ ।

फिल्ममा सुटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको त्रिपाठीले जानकारी दिए । यो कमेडीलाई फिल्मलाई ‘षडङ्ग’ फेम्ड सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । हो ।

यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गर्दैछिन् । नीतिले छायांकन सेटबाट मेयर साम्पाङसँगका तस्वीर सेयर गरेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत