बुधबार, चैत्र २५, २०८२

‘तिमी जे बन’ मा AI प्रविधिको भिडियो


कान्तिपथ


काठमाडौ । ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रमोद खरेल र डा. त्रिशाला गुरुङको स्वर छ । मनोज खड्काको शब्द र कल्याण सिंहको संगीत छ ।

गीतमा बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश छ । गीतको भिडियोको सम्पूर्ण काम आर्टिफिसियल इन्टेलिजेन्स(एआई) प्रविधिमा निर्माण गरिएको छ । भिडियो नेपाल र अमेरिकाबाट एकै साथ रिलिज गरिएको छ । 

गीतले विद्यार्थीलाई राम्रा बानी व्यवहार अपनाउन प्रोत्साहित गरेको छ । गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलटजस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोच भन्दामाथि उठेर जे जस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत