बुधबार, चैत्र २५, २०८२

विज्ञापन खुलेको ३ वर्षपछि परीक्षा लिँदै त्रिवि सेवा आयोग


कान्तिपथ


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको ३ सालपछि लिखित परीक्षाका लागि सूचना निकालेको छ।

आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि आज एक सूचना निकालेको हो।

आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो।

उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सञ्चालन गर्न सूचना निकालेको हो।

प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुनेछ आयोगले जनाएको छ।

अन्य अध्ययन संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ।

परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत