२ जेठ पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए । पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।
यस घटनाको कारण खुल्न सकेको छैन । पेसावर प्रहरीका प्रवक्ताले अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानेपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेसावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका...
धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक स्थानमा विजयी भएका छन् ।
कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१...
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।
उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ...
प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् ।
उनी नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न दूतावास पुगेका हुन् । उनी विदेश सचिव भएर भारत फर्कंदै छन् ।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ४ को नेकपा एमाले वडा कमिटी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ।
सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ। यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो। अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तेजबहादुर ओलीले बताए।
उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ...
हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।
विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको...
बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका २६५ जना प्रहरी जवानलाई बढुवा सिफारिस गरेको हो ।
प्राविधिक समूहमा संगीततर्फ रिक्त २२ जना र इीन्जयिरिङ उपसमूह सञ्चारतर्फ रिक्त २४३ जनालाई बढुवा सिफारिस गरिएको हो ।
हेरौं सूची:
5technical_ahc_2078-12-13Download
नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । महिलालाई हातपात गरेको आरोपमा उनलाई गएराति ठमेलबाट प्रहरीले पक्राउ गरेको हो । बम उपर महिलालाई हातपात गरेको अभियोग लागेको छ । बम लाइ हिरासतमा राखेर प्रहरीले अनुसंधान गरेको छ ।
नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताउनुभएको छ । उहाँले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताउनुभयो ।
नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।” नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना...
हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । मृतक स्याङ्तान ट्र्याक्टर चालक हुन् । उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा ३ः३० बजेको समयमा...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताउनुभएको हो । उहाँले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन...
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् ।
चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो।
डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको हो। सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए। छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए ।
गृह मन्त्रालयले...
शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादन भएकामा आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो । सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा तयार गरिएको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ भने तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि...
टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ ।
यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई...
आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेव पुर्याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिनुभयो ।
सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालय भवनका लागि स्थानीय बुद्धिराज उपाध्ययायले जग्गा उपलब्ध गराउनुभएको थियो ।...
२९ फागुन ९रासस÷एएफपी० ः – युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको समाचार छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताउनु भएको छ ।
मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतवार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भन्नु भएको छ । रणनीतिक बन्दरगाह सहर मारिउपोलमा “मानवीय प्रकोप“ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा...
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले तालिमले व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका...
गण्डकी, २९ फागुन (रासस)ः उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको कास्कीको लेखनाथस्थित ठूलाकोट यस क्षेत्रकै ऐतिहासिक स्थल हो ।
ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौं अर्चले पनि नजिकै पर्दछ । ठूलाकोट एवं आसपासको प्राकृतिक सौन्दर्यताको चर्चा गर्दै कवि शिरोमणिले आफ्ना बाल्यावस्थाको स्मरण गर्दै रचना गर्नुभएको कवितामा लेख्नुभएको छ ।
“सङ्गातीसित रङ्गिँदै म कहिले पुग्थेँ ‘ठूलाकोट’माकैले समथर फाँट टारहरूका चित्रे घना गोठमा ।जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो...
तपाई हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल होस् या बैंकिङ कारोबारका अकाउन्टहरु ती अनलाइन अकाउन्टहरु कतिको सुरक्षित छ त्यो तपाई हामीले प्रयोग गर्ने पासवर्डमा प्रयोग हुने अक्षर तथा अंकको संख्यामा पनि भर पर्दछ । बिज्ञहरुका अनुसार पासवर्ड जति कमजोर भयो ह्याक गर्न त्यतिनै थोरै समय लाग्ने गर्दछ । पासवर्डमा प्रयोग हुने अक्षर तथा अंकहरु जति धेरै संख्यामा भयो ह्याकरलाई उक्त अकाउन्ट ह्याक गर्न झनै धेरै समय लाग्ने गर्दछ ।
अमेरिकी साइबर सुरक्षा कम्पनि हाइभ सिस्टमले जारी गरेको एक रिपोर्ट अनुसार सात अक्षरको पासवर्ड ह्याक गर्नका लागि ३१ सेकेण्डमात्रै भए पुग्दछ । ६ वा त्योभन्दा मुनि अक्षर मात्रै प्रयोग भएका...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताउनुभएको हो ।
वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौँ ।”
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने...
रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ ।
पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्र्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताउनुभयो ।
उहाँले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भन्नुभयोे, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो ।”
रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उहाँले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले रोजगारी र सेवासुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनुपर्नेमा जोड दिनुभयो ।
“पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ”,...