शुक्रबार, चैत्र २७, २०८२

प्रतिपक्षी विधार्थी आन्दोलनलाई अझै सशक्त बनाउन प्रचण्डको निर्देशन


कान्तिपथ


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट युवा विद्यार्थीले माओवादी केन्द्रका अध्यक्ष एंव निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट तथा अन्तरक्रिया गरेका छन् ।

बुधबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर अखिल (क्रान्तिकारी)को एउटा टोलीले पवन कार्कीको नेतृत्वमा समसामयीक विषयमा छलफल गरेको हो।

अध्यक्ष प्रचण्डसँगको भेटमा युवा विद्यार्थीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध सुशासनको लडाई लडेकाे बताए।

उनीहरुले सरकारले र नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डले खेलेको भुमिका गर्व गर्न लायक भएको भन्दै प्रशंसा गरेका थिए।

“अध्यक्ष प्रचण्ड तपाई नेतृत्वको सरकार जनपक्षिय काम गर्दा गर्दै राम्रो गरेकै कारण ढलेको छ।

तपाँई भ्रष्टाचारविरुद्ध सुशासनको लडाइ लडेर आउनुभएको छ। सुशासनको नायक तपाँई हो, तपाँई प्रति गर्व छ” अध्यक्ष प्रचण्डसँग युवा विद्यार्थीले भने ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले सरकारको १८ महिना नेतृत्व गरेर प्रमुख प्रतिपक्षको रुपमा बाहिर आउँदा आफुले राम्रो बाहेक नराम्रो नगरेको बताए। अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गरेर कुनै दाग नलगाईकन बाहिर निस्केको बताउँदै पार्टीलाई जनता समक्ष लैजाने आधार बनेको बताए।

सुशासनको लडाईबाट डराएर देशका दुई ठुला दल एक भई सरकार बनाउँनू लोकतन्त्र, सुशासन,संविधान र देशको निम्ति सकारात्क संकेत नभएको उनले बताए ।

साथै अध्यक्ष प्रचण्डले प्रतिपक्षी विधार्थी आन्दोलनलाई अझै सशक्त बनाउन निर्देशन दिएको अखिल (क्रान्तिकारी) का सचिव सागर केसीले जानकारी दिए ।

सो क्रममा अध्यक्ष प्रचण्डले आफ्नो भरोसा युवा विद्यार्थीमा रहेको बताउदै देश र पार्टीको नेतृत्व दुवैमा आफुले युवा पुस्तालाई अगाडि बढाउन चाहेको बताए ।

साथै, आफुले युवा पुस्तामा भरोसा गरेको समेत उनले बताए। भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री हितबहादुर तामाङ लगायत नेताहरु सहभागी थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत