शुक्रबार, चैत्र २७, २०८२

महान्यायाधीवक्ता वडालले लिए पद तथा गोपनियताको शपथ


कान्तिपथ


काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित रहेका थिए ।

राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

वडाल दोस्रो पटक महान्यायाधीवक्तामा नियुक्त भएका हुन् । यसअघि ओली प्रधानमन्त्री हुँदा पनि बडाल महान्यायाधिवक्ता भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत