काठमाडाैं । सत्य सेवा सुरक्षणम भन्ने मुल नारालाई आत्मसाथ गर्दै अगाडी बढिरहेको नेपाल प्रहरीले ऐतिहासिक काल देखिनै जनताको सेवा र देशको रक्षा गर्दै आइरहेको छ । प्रहरी एक-एक प्रहरमा बदलिने पाले (बालचन्द्र शर्मा, नेपाली शब्दकोष) प्रहरी भन्ने शब्द र प्रहरी संगठनको सुरुवात बेलायत बाट भएको पाइन्छ ।
नेपाल प्रहरीको इतिहास हेर्ने हो भने राणा प्रधानमन्त्री जंगबहादुरको उदयपछि चौकिदारी प्रथासँगै नेपालमा प्रहरी व्यवस्थापनको सुरुवात भएको इतिहास सन् १९५२ को बुच रिपोर्टमा उल्लेख गरिएको छ ।
सन १९३३ मा राणा प्रधानमन्त्री भिमशमशेरले चौकिदारको काम, कर्तव्य र अधिकारको किटान गरि नियम बनाई लागू गरेको इतिहासमा उल्लेख छ । सन १९५१ मा तत्कालीन प्रधानमन्त्री चन्दशमशेरले तराईका जिल्लाबाट चौकिदारी प्रथा हटाई काठमाण्डौंको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीलाई सुम्पन इन्सपेक्टर सवाल जारी गरेका थिए । यसमा सदर पुलिस गोश्वारा रहने र यसको मातहतमा थाना र चौकी रहने व्यवस्था थियो ।
बि.सं. १९९० को महाभूकम्पको समयमा भूकम्पमा परेका नागरिकको उद्दार, नागरिकलाई सुरक्षा गर्ने र पुनर्निर्माणमा सघाउनको लागि एउटा संगठित संस्थाको आवश्यकता महशुस गरि नेपाल प्रहरीको बिस्तारमा तिब्रता आएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री जुद्वशमशेरले आफ्नो सवारी व्यवस्थापनको नाममा सवारी व्यवस्थापनको नाम दिईएको राणाबिरोधी गतिविधि नियन्त्रण गर्न एउटा स्क्वाड निर्माण गरियो । टोपीमा ‘नेपाल मिलिटरी पुलिस’ उल्लेख गरिएको प्रहरी स्क्वाड बि.सं. २००७ सम्म अस्तित्वमा रहेको इतिहास छ ।
बि.सं. २००७ चैत २८ गते सेनाका सहायक रथी तोरण शमशेर जबरालाई नेपाल प्रहरीको आईजिपी नियुक्त गरिएको थियो । बि.सं. २००८ देखि २०१२ सम्म नेपाल प्रहरीको बिस्तारले गति लिएको देखिन्छ । यसअघि विभिन्न नाममा रहेको नेपाल प्रहरीलाई नेपाल पुलिस फोर्स नामाकरण गरेर बि.सं. २०१२ असोज ३० गते प्रहरी ऐन कार्यान्वयनमा आयो । यो नै नेपाल प्रहरी निर्माणको ऐतिहासिक जग बन्न पुग्यो ।
बि.सं. २०४६ को राजनैतिक परिवर्तनसँगै नेपाल प्रहरीलाई समयानुकूल सुधार गर्ने अभियान सुरु भयो । बि.सं. २०४८ सालदेखि नेपाल प्रहरी राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थाल्यो । तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भै सकेपछि पनि नेपाल प्रहरीको चौकिदारी प्रथा बदलिन नसकेको अवस्था देखिन्छ । अहिले पनि विभिन्न भिआईपी वा भि-भिआईपीको सेवा सुबिधामा मनमौजी लहडले खट्ने स्वभावमा अहिलेसम्म कुनै परिवर्तन भएको पाईदैंन, भने नागरिकसँग प्रहरीको दुरी पनि दिनप्रतिदिन बढ्दै गएको तथ्य हामिकहाँ कुनै नौलो कुरा भने होइन ।
समाजमा घट्ने विभिन्न अपराधका घटनाको अनुसन्धान मात्रै होइन समजमा शान्ति सुरक्षाको प्रत्याभूति दिनु पनि नेपाल प्रहरीको पहिलो धर्म हो । ‘सत्य सेवा सुरक्षणम’को मूल मन्त्र लिएर जनताको करबाट तलव र सेवा सुबिधा लिने नेपाल प्रहरीको पछिल्ला दिनमा भने निरन्तर कमजोर र आलोचित बन्दै गएको छ ।
‘निरंकुश जहाँनिया राणा शासनहुँदै सकृय राजतन्त्रको बेलामा प्रहरीको नागरिक प्रती जस्तो रबैया थियो त्यो आजसम्म पनि कायम रहेको अवस्था छ । फरक कति भने पहिला प्रहरीसँग अपराधी डराउँथे अहिले अपराधीसँग प्रहरी डराउँछन’ अभियान्ता अधिकारी भन्छन् ।
जनताको करबाट सेवा सुबिधा लिने नेपाल प्रहरी राजनैनिक दलका नेताको सलामी, गुमाली र मलामीमा व्यस्त बनेको उनको आरोप छ । अर्कोतिर प्रहरी अहिले शान्ति सुरक्षा कायम गर्न वा जनताको सेवामा भन्दा पनि आकर्षक ठाउँमा सरुवा, बढुवा वा पहुँच विस्तारको अभियानमा लाग्दा पनि प्रहरी जनताबाट टाँढिदै गएको बताईन्छ ।
अहिले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको बनेपछि मात्रैका घटनाक्रम हेर्ने हो भने पनि नेपाल प्रहरी कति बदनाम छ भन्ने कुरा प्रमाणित हुन्छ । कंचनपुरमा बला.त्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटनाका दोषिलाई कानुनी कठघरामा ल्याउने कुरा त छाँडौ घटनास्थलको सबुत मेटाउन प्रहरी नै उद्दत रहेको प्रमाण समेत सार्वजनिक भयो, भने घटनाको अनुसन्धान गरिरहेका उच्च अधिकारी समेत निलम्बनमा परे ।
३३ किलो सुन प्रकरणमा समेत प्रहरीको भूमिकालाई लिएर प्रश्न मात्रै उठाईएन नेपाल प्रहरीका उच्च अधिकारी पक्राउको लामो शृङ्खला नै चल्यो । प्रहरीका उच्चअधिकारी नै संलग्न रहेको कारणले पनि यो मुद्दालाई नियोजित रुपमा कमजोर बनाईएको देखिन्छ ।
‘प्रहरी बर्दी बिनाको नागरिक हो भने नागरिक बर्दी बिनाको प्रहरी’ भन्ने वाक्यांस पनि अहिले त केवल जोक जस्तो मात्रै बनेको छ ।
अब कुरा गराैं, प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीबाट ऋण लिएको उल्लेख गरेको थियाे। उक्त मुद्दा प्रहरीले नै भित्रै-भित्र सेटिङ गरेर सामसुम समेत पारे ।
कुरा यति मात्रै हैन्, लामिछाने गृहमन्त्री रहेका बेला, नेपाल प्रहरीका बरिष्ठ-बरिष्ठ अधिकारी तथा हाकिमहरू रविका वरिपरि घुम्ने गरेका थिए । त्याे बेला प्रहरीका हाकिमहरू हामी पनि राष्ट्रिय स्वतन्त्र पार्टी हाैं । हामी स्वतन्त्र छाैं, भन्दै केही हाकिमहरू रविका अघिपछि घुम्ने गरेकाे तथ्य कान्तिपथसंग सुरक्षित छ । अहिलेका बाहालवाला गृहमन्त्री रहेका छन्, रमेश लेखक । उनी नेपाली कांग्रेस निटकका व्यक्ती हुन् । अब कुरा गराैं, रवि गृहमन्त्री भएका बेला रविका वरिपरी घुम्ने प्रहरी अहिले गृहमन्त्री लेखकका अघिपछि लाग्ने गरेका छन् ।
गृह मन्त्रालयका एक कर्मचारीका अनुसार गृहमन्त्री लेखकका अघिपछी प्रहरीका ठूल-ठूला हाकिमहरू घुम्ने गरेका अथवा गृहमन्त्री लेखकका घरमा समेत प्रहरीकाे घुइचाें लाग्ने गरेकाे उनले भने। यति मात्रै नभई प्रहरीका हाकीमहरूकाे सरूवादेखि बढुवासम्मकाे धाँधली समेत भइरहेकाे पाइएकाे छ । पहिला रविकाे तलुवा चाट्ने प्रहरी अहिले लेखककाे तलुवा चाट्ने गरेकाे पाइएकाे छ । यस्ता दुई जिब्रे प्रहरीले कसरी जनतालाई सुरक्षा देलान्, र कसरी जनताहरू सुरक्षित हाेला भन्ने बिषयमा जनताहरूमा डर पैदा हुनथालेकाे छ ।
‘प्रहरी मेरो साथी भन्ने प्रहरी’ को नारा पनि केवल राजनैतिक दलको चुनावी घोषणापत्र जस्तो मात्रै बनेको छ । भन्न कहिल्यै नछाड्ने पूरा कहिल्यै नहुने नेताहरूको भाषण जस्तो मात्रै ।
जनताको करबाट आफ्नो सेवा सुबिधा लिने प्रहरी जनता प्रतिको आफ्नो कर्तव्यमा यसरी नै च्युत हुँदै जाने हो भने जनताको नजरमा गिरेको प्रहरीको साख कसरी उठ्न सक्ला ? के जनताको सहयोग बिना नेताकै पिर्के सलामी, गुलामी र भजन गाएर प्रहरी अगाडि बढ्न सम्भव छ ? त्यसैले प्रहरीले बर्दिवाला गुण्डाको छवी बदलेर जनता प्रतिको आफ्नो कर्तव्य पालनामा गम्भीर बन्नै पर्छ अन्यथा राम राम भन्न सकिन्छ तर काँध थाप्न भने सकिँदैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ