शनिबार, बैशाख १२, २०८३

९ जना डीएसपीको सरुवा


कान्तिपथ


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षकहरूको काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनालाई पठाइएको छ ।

कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला, रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राई, र मोरङको इलाका प्रहरी कार्यालय पथरीमा मोहनविक्रम दाहाललाई सरुवा गरिएको छ ।

भोजपुरमा कार्यरत सुदिप राज पाठकलाई विशेष ब्युरोमा ल्याइएको छ । बैदाममा कार्यरत राजेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत