शुक्रबार, चैत्र २७, २०८२

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट विश्वासको मत पाएका छन् ।

विश्वासको मत लिनका लागि आज बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिएका छन् ।

उनको विपक्षमा ७४ मत परेको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा(एकीकृत समाजवादी), आम जनता पार्टीले मत दिएनन् ।

यस्तै, एक सांसद तटस्थ रहे । २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित ‍थिए ।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत