शुक्रबार, चैत्र २७, २०८२

नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेशमा आह्वान (विज्ञप्तिसहित)


कान्तिपथ


काठमाडाैं । नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेशमा आह्वान गरिएको छ ।

लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६:३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

आज लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दाबी गर्ने तयारी गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत