काठमाडौँ । २०८०/०८१ मा देशभर २ हजार ५०७ बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् ।
सबैभन्दा धेरै कोशी प्रदेशमा जबरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्याङ्कबाट देखिएको छ ।
कोशी प्रदेशमा ५ सय १७ वटा बलात्कार घटना दर्ता भएका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात् १ सय ८१ थान मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो आर्थिक वर्षमा मधेसमा ३१७ वटा, बागमतीमा २८७ वटा, लुम्बिनीमा ४३६ वटा, कर्णालीमा २०७ वटा र सुदूरपश्चिममा २०२ मुद्दा दर्ता भएका छन् ।
काठमाडौँ उपत्यकामा ३६० वटा बलात्कारका घटना दर्ता भएका छन् ।
मुलुकभर ४६० वटा जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएका छन् ।
बलात्कार उद्योग सम्बन्धी घटना पनि कोशीमा सबैभन्दा धेरै छन् ।
अपराधको घटना अनुसन्धानमा ५ हजार २ सय ८५ प्रहरी परिचालित छन् ।
अपराध अनुसन्धानमा खटिने जनशक्ति बढाउनुपर्ने अवस्था रहेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ