काठमाडाैं । कंगना रनौतको सांसद अहिले विवादमा छिन् ।
हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट सँसदको चुनाव यी अभिनेत्रीले जितेकी हुन् ।
सांसद कंगना रनौतविरुद्ध त्यहीका एक जना मानिसले उजुरी दिएका छन् ।
लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव लड्न आफ्नो उम्मेदवारी पत्र कथित रूपमा गलत रूपमा प्रयोग गरिएको उजुरी ती मानिसले दिएका छन् । ती मानिसको उजुरीपछि अदालतले कंगना रनौतलाई सूचना पठाएर आगामी २१ अगस्टभित्र जवाफ मागेको छ ।
यसरी उजुरीकर्ता लाइकराम नेगीले कंगना रनौतको सँसद पदलाई फेरी एकपटक विवादित तुल्याएका छन् ।
उजुरीकर्ता नेगी वन विभागका पूर्व कर्मचारी हुन् ।
२०२४ को लोकसभा चुनावमा, अभिनेत्री कंगनाले मन्डी लोकसभा सीटबाट कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई ७४ हजार ७५५ मतले हराउँलै आफु साँसद बनेकी थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ