बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • जीवनशैली
  • कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम सम्पन्न


Jebin Rimal


काठमाडौँको जडिबुटीस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा बृहत सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जडिबुटीस्थित विभिन्न सामाजिक संघसंस्था, विद्यालयहरुको समेत संलग्नतामा सम्पन्न कार्यक्रममा २०० हाराहारीको सहभागिता रहेको समितिका अध्यक्ष देव चौलागाईंले बताए ।

नवप्रभात युवा क्लबका अध्यक्ष जीवन तामाङ्गका अनुसार कार्यक्रममा उच्च अदालतका पुर्व मुख्य न्यायाधिश डिल्लीराज आचार्य, बागमती प्रदेशसभा सदस्य सुनिल केसी, डिएसपी शिवराज बुढाथोकी, समाजसेवी सुर्य कोइरालालगायत सहभागिता थियो ।

https://www.facebook.com/share/v/9N7aSCD5bmgYFQLQ

कार्यक्रममा सहभागीहरुले सरसफाई साथै देशभर फैलिरहेको हैजा नियन्त्रणका लागि जनचेतनामुलक प्रचार गरेका थिए । समितिका अध्यक्ष चौलागाईंले संस्थाले निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत