मङ्लबार, बैशाख १, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर युवती ‘लापत्ता’

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालेर युवती ‘लापत्ता’


कान्तिपथ


काठमाडाैं । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।

शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार कुँवर हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हामफालेकी हुन्।

अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत