काठमाडौँ । काठमाडौँको जडिबुटीस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको आयोजनामा बृहत सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जडिबुटीस्थित विभिन्न सामाजिक संघसंस्था, विद्यालयहरुको समेत संलग्नतामा सम्पन्न कार्यक्रममा २०० जना हाराहारी मान्छेकाे सहभागिता रहेको समितिका अध्यक्ष देव चौलागाईंले बताए ।
https://www.facebook.com/share/v/9N7aSCD5bmgYFQLQ
नवप्रभात युवा क्लबका अध्यक्ष जीवन तामाङ्गका अनुसार कार्यक्रममा उच्च अदालतका पूर्व मुख्य न्यायाधिश डिल्लीराज आचार्य, बागमती प्रदेशसभा सदस्य सुनिल केसी, डिएसपी शिवराज बुढाथोकी, समाजसेवी सुर्य कोइराला लगायत सहभागिता थियो ।
यसैगरी ‘मनोहरा सरसफाइ अभियन्ता नारायण गिरी तथा बिभिन्न स्थानीय स्कुलका प्रिन्सिपल, बिध्यार्थीहरु, समितिका सल्लाहकार, वेष्ट कर्न्सन, पत्रकारसहित समितिका रामशरण बोहरा, सार्किमान लामा, नबराज केसी, बिरेन्द्र खड्का, हरि बस्नेत लगायत उक्त कार्यक्रममा सहभागिता भएका थिए ।
कार्यक्रममा सहभागीहरुले सरसफाई साथै देशभर फैलिरहेको हैजा नियन्त्रणका लागि जनचेतनामुलक प्रचार गरेका थिए ।
समितिका अध्यक्ष चौलागाईंले संस्थाले निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ