आइतवार, चैत्र २९, २०८२

फुटबल मैदानमा रकेट आक्रमण, १२ जनाकाे मृत्यु


कान्तिपथ


काठमाडौं । इजरायल र लेबनानको विवादित क्षेत्र गोलान हाइट्समा एक फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिकाको मृत्यु भएको छ।

इजरायलको कब्जामा रहेको उक्त क्षेत्रमा बालबालिकाले फुटबल खेलिरहेको समयमा रकट प्रहार भएको थियो।

इजरायली सुरक्षा बल आईडीएफले लेबनानी आतंकवादी समूह हिजबुल्लाहले रकेट प्रहार गरेको आरोप लगाएको छ।

हिजबुल्लाह समूहले भने यो आरोप अस्वीकार गरेको छ। यो घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाह समूहले यो आक्रमणको महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यो घटनापछि इजरायल र हिजबुल्लाह समूहबीच पूर्ण युद्ध सुरु हुने जोखिम बढेको बीबीसीले जनाएको छ। गत अक्टोबरमा इजरायल–गाजा युद्ध सुरु भएदेखि नै लेबनानको हिजबुल्लाह समूह र इजरायलबीच पनि तनाब बढ्दै गएको छ। ​

यसैबीच इजरायलले गाजाको एक विद्यालय नजिक गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

घटनामा एक सय जना घाइते भएका छन्। गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत