बिहिबार, बैशाख ३, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • दाजुले मोबाइलमा पो*र्न भिडियाे हेरे, बहिनीको बलात्कारपछि हत्या

दाजुले मोबाइलमा पो*र्न भिडियाे हेरे, बहिनीको बलात्कारपछि हत्या


कान्तिपथ


काठमाडाैं । गत अप्रिल २४ मा भारतको मध्यप्रदेशको रेवामा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ ।

प्रहरीले किशोर दाजुले मोबाइलमा पोर्नोग्राफिक भिडियो हेरेपछि बालिकालाई यौन दुर्व्यवहार गरेको र त्यसपछि उनको हत्या गरेको पत्ता लगाएको हो ।

उनका आमा र दुई दिदीहरूले घटना लुकाउन मद्दत गरेको पनि प्रहरी अधिकारीको भनाई छ ।

प्रहरीले घटनाको अनुसन्धान गरी ५० जनासँग सोधपुछपछि पीडितका १३ वर्षीय दाजु, आमा र १७ र १८ वर्षका दिदीबहिनीलाई शनिबार नियन्त्रणमा लिएको थियो ।

घटनाको विवरण दिँदै प्रहरी उपरीक्षक विवेक सिंहले भने, ‘गत अप्रिल २४ मा ९ वर्षीया बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको थियो, त्यसपछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।’

उनले भने, ‘घटनाको समयमा उनी सुतिरहेको घरको आँगनबाट पीडितको शव फेला परेको थियो ।

परिवारका सदस्यसँग गहन सोधपुछपछि पीडितको १३ वर्षीय दाजु राति उनको छेउमा सुतेको खुलासा भएको थियो ।

मोबाइलमा अश्लील भिडियो हेरेर किशोरले बहिनीलाई बलात्कार गरेको पत्ता लाग्यो ।’

पीडितले यो कुरा बुबालाई बताइदिने धम्की दिएपछि किशोरले उनको घाँटी थिचेर हत्याको प्रयास गरेपछि आमालाई उठाएर त्यसबारे जानकारी दिए ।

त्यसपछि उनले पीडित अझै जीवित रहेको थाहा पाए। त्यो देखेपछि आरोपीले फेरि उनको घाँटी थिचेर हत्या गरेको सिंहले बताए ।

यसैबिच उनका दुई दिदीबहिनी पनि उठे र प्रहरीलाई जानकारी गराउनुअघि नै सबैले आफ्नो ओछ्यान परिवर्तन गरे । तर, बारम्बार सोधपुछपछि उनीहरूले अपराध स्वीकार गरेका थिए । किशोर, उनका दुई दिदीबहिनी र आमालाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही भइरहेको सिंहले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत