शुक्रबार, साउन २, २०८२

दाहसंस्कार गरी जमिनमा गाडिएको शव प्रहरीले निकाल्याे


कान्तिपथ


काठमाडौं । दाहसंस्कार गरी जमिनमा गाडिएको शव प्रहरीले उत्खनन् गरेको छ ।

आत्महत्याका कारण मृत्यु भएको भनी परिवारका सदस्यले हत्तारमा गाडेको शव शंकाश्पद देखिएपछि फेरि निकालिएको हो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँ बस्ने ४५ वर्षीया रनमाया गुरुङ गत साउन ४ गते राति १० बजे आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनापश्चात् मृतकका श्रीमान ४६ वर्षीय मारज गुरुङले पत्नीको आत्महत्या भएको बताएका थिए ।

त्यसपछि स्थानीय समेत भेला भई उक्त घटनालाई आत्महत्या नै भनी भोलिपल्ट जातीय परम्पराअनुसार सदगत गरिएको थियो । तर, घटना शंकास्पद रहेको भन्दै रनमायाका दाइ सुकपाल गुरुङले साउन १० गते प्रहरी चौकी सौरापानीमा जाहेरी दर्ता गराएपछि शव उत्खनन् गरिएको हो । शव गाड्नुअघि खिचेको तस्बीरमा मृतकको शरीरमा चोटपटकको दाग देखिएको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतबाट खटिएको टोलीले अस्ति शव झिकेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित फरेन्सिक मेडिसिन विभाग पठाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत