बुधबार, फाल्गुन ६, २०८२

त्रिविको सिनेट बैठक बस्दै


कान्तिपथ


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भाेलि सभा सिनेट बैठक बस्ने भएकाे छ ।

त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक भोलि बिहान १० बजेका लागि बोलाइएको हो ।

यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा प्रचण्ड काम चलाउ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले भोलिका लागि समय उपलब्ध गराएपछि सभा बस्न लागेको हो ।

भोलिको बैठकमा नीति तथा कार्यक्रमसँगै बजेट पारित गरिने उनको भनाइ छ । त्यस्तै ७४ हजार ९०० ग्रेजुएट हुने विद्यार्थीको ग्रेस लिष्ट पास समेत गरिने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत