काठमाडौं । नेपाल सरकारले निर्णय गर्न नसक्दा दुई इन्टरनेट सेवा प्रदायक कम्पनी लाइसेन्सबिना सञ्चालनमा छन् ।
कम्पनी अनुमतिपत्रकाे अवधि सकिएर बिना लाइसेन्स सञ्चालनमा रहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मर्कन्टाइल कम्युनिकेसन र वर्ल्डलिंक कम्युनिकेसन लाइसेन्स अवधि सकिएपछि लाइसेन्सबिना नै सञ्चालनमा रहेका हुन् ।
मर्कन्टाइलले २०५५ सालको चैत ९ मा इन्टरनेट सेवाप्रदायकका रुपमा लिएको लाइसेन्स गत २०८० को चैतमा २५ वर्ष नाघेसँगै सकिएको हो ।
वर्ल्डलिकंले पनि २०५५ सालकै चैत १६ मा लाइसेन्स लिएको थियो । उसको लाइसेन्स अवधि पनि गत चैतमै सकिएको हो । दूरसञ्चार ऐन, २०५३ मा दूरसचार सेवाप्रदायकलाई २५ वर्षको अवधिका लागि लाइसेन्स दिने व्यवस्था छ । २५ वर्ष नाघेपछि लाइसेन्स नविकरण गर्ने, नयाँ दिने, कति शुल्क लिने जस्ता विषय ऐनमा छैन ।
मर्कन्टाइलको नेटवर्क सेवा प्रदायकको लाइसेन्स अवधिपनि गत जेठ ६ मा सकिएको छ । वर्ल्डलिंकको नेटवर्क सेवा प्रदायकको लाइसेन्स यसै साउन १९ गते सकिँदैछ ।
सरकारले हालसम्म यी दुवै कम्पनीको लाइसेन्सबारे कुनै निर्णय भने गरेको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ