शुक्रबार, चैत्र २७, २०८२

यी हुन् एकीकृत समाजवादीका नयाँ केन्द्रीय सदस्य (नामावालीसहित)


कान्तिपथ


काठमाडौं । मावधकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी टुंग्याएको छ ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।

यसअघि एकीकृत समाजवादीले केन्द्रीय समिति २१ पदाधिकारीसहित २ सय ९९ सदस्यमा सीमित गर्ने भनेको थियो । तर, दाबेदार धेरै भएपछि नेता(कार्यकर्ताको व्यवस्थापनका लागि संख्या बढाएर ३ सय ४४ बनाएको हो ।

‘प्रस्तावित नामहरुलाई तीन नेता बसेर टुंग्याउनुभएको छ’ प्रवक्ता जगनाथ खतिवडाले भने, ‘केन्द्रीय सदस्यहरुको नामावली टुंग्याउँदा कमिटीलाई पनि पूर्णता दिइएको छ ।’ अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरुको नाम टुंग्याएका हुन् ।

एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने संख्यालाई समेत एकैपटक टुंग्याइएको हो । असार १६ देखि २० गतेसम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो । त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो ।

यो दल नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको हो । २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत