शुक्रबार, चैत्र २७, २०८२

फ्रान्सले अर्जेन्टिनालाई हराउँदा मैदानमा कुटाकुट


कान्तिपथ


काठमाडाैं । तिक्तताले भरिएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स पुरुष ओलम्पिक फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार फ्रान्स १–० गोलले विजयी भएको हो ।

आयोजक राष्ट्र सेमिफाइनल प्रवेश गरिरहँदा खेल सकिएपछि दुवै टोलीका खेलाडी र प्रशिक्षकहरू मैदानमा नै भिड्न पुगेका थिए । पछिल्लो समय दुई टोलीबिच तनाव बढ्दो छ । गत १४ जुलाईमा कोपा अमेरिका जितेपछि अर्जेन्टिनी खेलाडीहरूले फ्रान्सका अश्वेत खेलाडीविरुद्ध रङ्गभेदी गीत गाएको भिडियो सार्वजनिक भएको थियो ।

खेलको सुरुवातमा नै अर्जेन्टिनाका राष्ट्रिय गान बज्दा फ्रान्सका समर्थकहरूले त्यसविरुद्ध हुटिङ गरेका थिए । खेलपछि दुई टोलीबिच कुटाकुट भयाे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत