बुधबार, चैत्र २५, २०८२

आस्माकुमारी केसी बनिन् मिस नेपाल–२०२४


कान्तिपथ


काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै शनिबार आश्माले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् । मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।

सबटाइटल विधातर्फ धेरै भोट ल्याएर अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन र अम्बिका राणाले ग्रीन भिजिनरी उत्कृष्ट भए ।

मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी र ब्युटी विथ अ पर्पस विधामा सुमना केसी विजयी भए ।

‘ब्युटी विथ पर्पस’को विधा मिस नेपालको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो । वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते ।

यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए ।

शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत