शुक्रबार, चैत्र २७, २०८२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस


कान्तिपथ


नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

शाहले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।

शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् ।

५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत