शनिबार, चैत्र ९, २०८१

संखुवासभा भोटखोलामा अवरुद्ध टेलिफोन सेवा ४ दिनपछि चल्यो


कान्तिपथ


संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो ।

चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताए । विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको उनको भनाइ छ ।

चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड्कँदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् ।

विद्युत सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलार पावरका भरमा चल्ने गरेको छ । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हुरीबतास र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ । rss/File Photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत