शुक्रबार, चैत्र २७, २०८२

मैले हतियार राखिरहेको छु : सांसद प्रधान (भिडियाेसहित)


कान्तिपथ


काठमाडौँ । राप्रपाका सांसद धुव्रवहादुर प्रधानले आफूले अनुमति पत्रसहित हतियार राखेको तर अहिले नवीकरण नहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आफूले विगत ६ पटक नवीकरण गरेको तर अहिले पछिल्लो समय नवीकरण नहुने जानकारी पाएको भन्दै उनले यस्तो नियमले अवैध हतियार मानिससँग रहने अवस्था आउने दाबी गरे ।

प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रधानले यसरी सरकारले अवैध मात्र भन्नुभन्दा परल मूल्यमा लिनुपर्ने सुझाव दिए । उनले यसरी सरकारले पनि नलैजाने अनि नवीकरण पनि नगर्ने हो भने देशभर अवैध हतियार रहने उनले बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले हतियारसहित सर्वोच्च प्रवेश गरेपछि राज्यले साना हतियारहरू नवीकरण नगर्ने निर्णय गरेपछि उनले आफू अप्ठ्यारोमा परेको भनी संसद्‌मा कुरा उठाएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत