बुधबार, चैत्र २५, २०८२

यमकला केसीको “ शिवजीको नाम” तीज गीत सार्वजनिक


कान्तिपथ


काठमाडौ । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदैं जाँदा तीजका गीतहरु बजारमा आउने क्रम बढ्दो छ । तर पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ । केहि बर्ष पहिलाका बजारमा आएका तीजका गीतले महिलाले सासुरससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका पाएको हुन्थ्यो । पछिल्लो समयमा यस्ता खाले गीत कम बजारमा आएका छन् ।आजभोलिका धेरै जसो तिजको गीतमा तडक भडक मात्र पाइन्छ तर यो बर्ष केहि औंलामा गर्न सकिने यस्ता मैलिकपन बोकेका तिजका पनि गीत बजार आएका छन् ।

यसैक्रममा गायिका समाजसेवी यमकला केसीको भजन तिज गीत “ शिवजीको नाम” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यमकला युट्युब च्यानलबाट सार्बजनिक गीतमा भद्र वलीको शब्द तथा संगीत छ भने स्वयं यमकला स्वर र अभिनय रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत