बुधबार, चैत्र २५, २०८२

“गुमेका चिज आउदैनन् फर्केर” (भिडियोसहित)


कान्तिपथ


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ।

पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा रमेश शिवशंकरको प्रस्तुतीमा रहेको गीत “गुमेका चिज आउदैनन् फर्केर” केही दिन अघि सार्वजनिक भएको छ।

गीतमा गुमेका चिज अनि बितेका कुराहरु फर्केर आउदैनन्, गुमिसकेका चिजहरु पाउन मुस्किल हुन्छ। गुमेका चिजहरुको पछि मात्र महत्व हुन्छ, जे छैन अनि जो ब्यक्ति छैन त्यसको महत्व धेरै हुने गर्छ भन्ने कुरा गीतमा प्रस्तुत गर्न खोजिएको छ।

गुमिसकेका चिजहरु फर्केर आउदैनन्, त्यसलाई सम्झेर आँशु झार्नु र मन शान्ती बनाउनु बाहेक अरु बिकल्प हुँदैन। छैटौको दिन भाबिले जे लेखेको छ त्यो सबैले भोग्नु पर्ने नै हुन्छ। गरिब देखी राजा महाराजाहरु जो सुकै ले पनि भाबिले लेखेको कुरा भोग्नै पर्ने हुन्छ, कसैलाई पनि छुटकारा छैन भन्ने कुरा पनि गीतमा सन्देश दिन खोजिएको छ।

“गुमेका चिज आउदैनन् फर्केर” गीत ७३ बर्षिय गायिका धन कुमारी गौचनको वास्तविक कथामा आधारित गीत हो।

निजको छोरा केही बर्ष अघी प्रदेशमा स्वर्गिय भए भने त्यसको लगत्तै केही बर्षमा उनको श्रीमानको पनि स्वर्गारोहरण भएको थियो।

“गुमेका चिज आउदैनन् फर्केर” गीतमा भाईरल बाल प्रतिभा कल्पना बिष्ट र ७३ बर्षिय गायिका धन कुमारी गौचनको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक एबं संगीतकार रमेश बिक्रम रत्नको संगीत, हेमन्त शिशिरको एरेञ्ज, लक्षु प्रकाश मल्लको रेकर्डिङ, मनोज डंगोलको मिक्सिङ रहेको छ।

यस गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को छायांकन, निर्देशन रहेको छ भने लोकेश भाटको सह सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन, महेश शिब भक्तिको कस्टुम डिजाईन रहेको छ। उक्त गीतको भिडियोमा सरबिर पण्डित (दाह्री बा), धन कुमारी गौचन, कल्पना बिष्टको अभिनय रहेको छ। यस गीतलाई Prakash Baraili Avibekti नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत